राष्ट्रपतिले ‘लुगा फुकाल र काम गर’ भनेपछि यस्तो बबाल

get undressed amd work (1)मिन्स्क– बेलारुसका राष्ट्रपतिको एक भनाई पछि मानिसहरु सोसल मिडियामा आफ्ना नग्न तस्बिरहरु एकपछि अर्को गरी पोष्ट गरिरहेका छन् । वास्तवमा ६१ वर्षीय एलेक्जेन्डर ल्यूकाशेंकोले देशलाई आर्थिक संकटबाट कसरी पार लगाउन सकिन्छ भन्ने विषयमा दिएको भाषणमा ‘लुगा फुकाल र पसिना नआउन्जेलसम्म काम गर’ भनेका थिए । उनको यो भनाई सार्वजनिक भएलगत्तै मानिसहरुले लुगा फुकालेर अफिसमा काम गरिरको तस्बिर सार्वजनिक गर्न थाले । यसमा थुप्रै व्यवसायिक मानिसहरुको पनि संलग्नता रहेको छ ।

उनले ‘Innovations, IT-technologies, privatisation — it is all clear. We’ve conquered all of them. But everything is very simply, one should get undressed and work’ (नविनता, आइटी–प्रविधिशहरु, निजिकरण– यी सब कुरा हामीबिच स्पष्ट छ । हामीले यी सबैलाई जितिसकेका छौं । तर सबै कुरा निकै सरल छ, प्रत्येक व्यक्तिले कपडा उतार्नुपर्छ र काम गर्नुपर्छ’ । उनले यो भाषण निकै छोटो समयमा लोकल इन्टरनेटमा भाइरल भयो र मानिसहरुले उनको भनाईप्रति असन्तुष्टि जनाउन थाले ।

get undressed amd work (5)दर्जनौं मानिसहरुले आफूले काम गर्ने ठाउँमा नग्न तस्बिर खिचाउँदै यसलाई #getnakedandgotowork सँगै सोसल साइटमा सेयर गरे । आफूहरुले राष्ट्रपतिको भनाईलाई निकै गम्भीर भएर लागू गरेको उनीहरुको भनाई छ ।

एक प्रयोगकर्ताले लेख्छन्, ‘यी फोटोहरु निकै राम्रा देखिएका छन् । ’ त्यहिँ अर्का एक व्यक्ति लेख्छन्, ‘म एक शब्दको ताकत पूर्ण रुपले महसुस गरिरहेको छु । ’

get undressed amd work (2)get undressed amd work (4)get undressed amd work (6)get undressed amd work (8)-001get undressed amd work (9)get undressed amd work (10)get undressed amd work (11)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here