यी सबै तस्बिरका मालिक इन्डोनेसियाका मोहम्मद रोयम हुन् जो क्लोज–अप तस्बिर खिच्न पोख्त छन् ।
२८ वर्षीया रोयम फोटोग्राफीका शौखिन हुन् । फोटो हेर्दा तपाईंलाई अचम्म लाग्ला कि उनको यो शौख मात्र तीन वर्ष पुरानो हो ।
रोयमका धेरैजसो तस्बिर भ्यागुताका हुन्छन् । उनलाई सायद भ्यागुता मनपर्लान् ।
रोयमले बीबीसीलाई भने, ‘म किरा फट्याङ्ग्रालाई पिछा गर्छु ता कि मैले उनको हाउभाउलाई हुबहु क्यामरामा कैद गर्न सकूँ ।’
किरा फट्याङ्ग्राका यस्ता उत्कृष्ट तस्बिर लिन सजिलो छैन ।
रोयम भन्छन्, ‘धेरै दिन यत्तिकै बित्छन् । कहिले काँही यस्तो पनि हुन्छ कि दर्जनौं तस्बिरमध्ये कुनै पनि राम्रा तस्बिर हुँदैनन् ।’
तर यस्तो राम्रो फोटोग्राफी कसरी सिकेको भन्ने प्रश्नमा उनले भने, ‘मैले सुरुमा आफैंले सिकें । पछि एक शिक्षकसँग प्रतिक्रिया लिन सुरु गरें ।’
































