बिडो थाम्न नसकेकाहरु

धनञ्जय शर्मा ।
राजनीतिमा उत्तराधिकारी वन्न नसक्ने वा नचाहानेहरुको कथा ।

– नेपाली कांग्रेसका नेताहरु रामचन्द्र पौडेल, प्रकासमान सिंह, कृष्ण सिटौला, बिमलेन्द्र निधी आदि कुनै पनि नेताका छोरा–छोरीले राजनीतिक वाटो समातेनन् ।

– एमाले नेताहरु माधव नेपाल, झलनाथ खनाल, इश्वर पोखरेल, बामदेव गौतम, लगायतका कुनै नेताका सन्तान राजनीतिमा देखिएका छैनन् ।

– माओवादी नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, मोहन बैध, रामबहादुर थापा, कृष्णबहादुर महरा, सीपि गजुरेल, दिनानाथ शर्मा आदिका सन्तान राजनीतिमा नै छन् भनिए पनि आम रुपमा उनीहरुको नाम सुनिएको छैन । उनीहरु राजनीतिज्ञ कम र बाबुका सहयोगी बढी देखिएका छन् ।

राजनीतिमा नेताका छोरा – छोरी आकर्षित छैनन् भन्ने उदाहरण हुन् यी । नेपाली कांग्रेस, एमाले र माओवादीका नेताहरु मात्र होइन, धेरैजसो पार्टीका नेताका सन्तान राजनीतिमा छैनन् भन्ने उदाहरण हुन् यी ।

नेताका सन्तानलाई दुई भागमा बर्गिकरण गरेर हेर्दा सही रुपमा आंकलन गर्न सकिन्छ । जस्तो, पहिलो नम्मरमा ती सन्तान जो राजनीतिमा त छन्, तर बाऊको बिडो थाम्न सक्ने अवस्थामा छैनन् । सहयोगीको रुपमा छन् । अर्को पक्ष छ, जो राजनीतिमा आकर्षित नै छैन । माथिका उदाहरणले यही कुरालाई पुष्टि गर्छ ।

राजनीति भन्दा कसरी टाढा बसे सन्तानहरु ? यसको कारण हो, कि अविभावकले चिहाउनै दिएनन् वा उनीहरुमा रुची जगाउन सकेनन् । चिहाउन नदिनुको अर्थ हो, असुरक्षित भविश्य । र, रुची जगाउन नसक्नुको अर्थ आफ्नै सन्तानलाई आफ्नो छवी स्पष्ट र सुन्दर देखाउन नसक्नु हो । योभन्दा पनि महत्वपूर्ण पक्ष राजनीतिमा हामफालेर पनि बाऊको विडो थाम्न नसक्नु हो । राजनीतिक हैसियत स्थापित गर्न नसक्नु मुल पक्ष हो ।

बाऊको पुस्ताभन्दा अक्षम हुने सन्तानको अवस्था निरासाजनक छ । जस्तो विश्वेश्वर प्रसाद कोइराला (बिपी) पुत्र प्रकास । चरम महत्वकांक्षी सोच र ढुलमुले ब्यवहारले उनलाई क्षणिकरुपमा पद त दियो होला । तर बाबुको ‘हाइट’को अगाडि लायक वनाउन सकेन । अहिले उनी कुन पार्टीमा छन् र कहाँ छन् भन्ने संवन्धमा सञ्चारक्षेत्र नै बेखवर छ । डा. शसांक वाहेक बिपी पुत्रहरु राजनीतिमा छिर्न पनि सकेनन् । शसांक पनि बाबुको नाममाथि उभिएका छन् भन्दा अतिउक्ति हुँदैन ।
त्यसैगरी नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका छोरा रुक्मशम्शेरले पनि बाऊको पदचाप पहिल्याउन सकेनन् । उनी राजदुतसम्म त भए । तर त्यसलाई पनि बाबुको योगदानको ब्याज खाएको मानियो । हाल उनी खेलकुद क्षेत्रमा केही विवादको विषय वनेर वसेकाछन् । उनको भूमिका सरल छैन ।

पुराना कम्युनिष्ट नेता मनमोहन अधिकारीका छोरा प्रकासले भने राजनीतितिर आँखा लाएनन् । मनमोहन अधिकारी मात्र होइन, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठका छोरा उमेसलाल पनि राजनीतिमा छैनन् । उनी ब्यापारतिर छन् ।

उमेशलाल

राजनीतिमा मरिहत्ते गरेर लागिपरेकी गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला पनि शसांकको जस्तै बाबुको नामको ब्याज खाईरहेकीछिन् । उनलाई बाबुको विरासत थाम्ने महत्वकांक्षा छ । तर गृह जिल्लावाट नै उनी तिरस्कृत जस्तै छिन् । पूर्व राष्ट्रपति डा. रामबरण यादव पनि आफ्नो छोरो चन्द्रमोहनलाई उपल्लो राजनीतिमा स्थापितगराउन चाहान्छन् । तर बोकेको शिकारीले मृग मार्दैन भन्ने चेत डा. यादवमा देखिन्न ।

प्रकास

‘हुने विरुवाको चिल्लो पात’ भन्ने उखानको विपरित छन् एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकास (साकार) । सानै उमेरमा उनी विवादीत छन् । उनी बाबुको सहयोगीभन्दा अघि बढ्न सकेका छैनन् । एनेकपा माओवादीका धेरैजसो नेताका संतान राजनीतिमा छन् । तर उनीहरुको भूमीका उल्लेख्य छैन । माओवादीका एक नेता भन्छन् “हाम्रा नेताका छोराछोरी राजनीतिमा त छन्, तर बच्चामै क्यालसियमको चरम कमीले होचा पुड्का भएजस्ता छन् ।” कांग्रेस र कम्युनिष्टका नेताहरुको तुलनामा पूर्व पञ्चहरुका छोराहरु बढी राजनीतिमा छन् । जस्तो सूर्यवहादुर थापा, लोकेन्द्रबहादुर चन्दका छोराहरु । तर यिनीहरुले पनि बाबुको बिडोथाम्ने देखिन्न ।

पहिलो पुस्ताका नेताका छोरा–छोरीले बिँडो थाम्न सकेनन् । अव त तेस्रो पुस्ताको पनि उमेर घर्कीन लागेको छ । तर लक्षण छैन । जस्तो बिपी पुत्र प्रकासका छोरा सिद्धार्थ । जसले राजनीतिमा हाम फालेका छन् । तर उनलाई कसैले पत्याएका छैनन् ।

विफल भएका प्रयासहरु
पिता                                         छोरा-छोरी
बिश्वेश्वरप्रसाद कोइराला                     प्रकाश-श्रीहर्ष
पुष्पलाल श्रेष्ठ                                उमेसलाल
सुवर्णशम्शेर राणा                           रुक्मशम्शेर
रामबरण यादव                              चन्द्रमोहन
पुष्पकमल दाहाल प्रचण्ड                   प्रकास (साकार)

 

जो आउँदै छन्
पिता                                                छोरा-छोरी
बिश्वेश्वरप्रसाद कोइराला                             सशांक
गिरिजाप्रसाद कोइराला                              सुजाता
गणेशमान सिंह                                        प्रकासमान
महेन्द्रनारायण निधी                                  बिमलेन्द्र
मोदनाथ प्रश्रित                                        डा. विजय पौडेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here