केन्द्रबिन्दू डेस्क । २५ बैशाख २०७४ ।
घर बसाउने इच्छा छ उनलाई ।
लन्डन । ७० वर्ष पुरा भएका मानिसले के गर्छन् ? घर बसेर आराम गर्छन् । रिटायर्ड लाइफ भन्दै सवैखाले काम वाट टाढा बस्छन् । तर, ब्रिटेनको न्यूकैसलमा बस्दै आएकी ७१ बर्षे बृद्धा मार्गरेट कालिन्सको जीवनशैली भने बैशालु युवतीको जस्तो छ । उनी युवाहरुसँग डेटिङ जान्छिन् ।
पार्टीमा मार्गरेट जमेर डान्स् गर्छिन् । पोल डान्स् उनलाई मनपर्छ । यतिमात्र होइन उनी २५ देखि ४० सम्मका युवाहरुसँग डेटिङ समेत गर्छिन् । यस प्रकारको दैनिकीले उनलाई खुसी दिएको छ ।
मार्गरेटका ३ छोरीनै उनको यस्तो जीवनशैलीलाई सघाउन चाहान्छन् । आमाको खुसीलाई उनीहरु आवश्यकपर्दा लगानी गर्न समेत तयार छन् । उनका ५ नाती र २ पनाती पनि छन् । मार्गरेटले दुई पटक विवाह गरिन् । छोरीहरु ठूला भएपछि उनले आफैं ब्यापार सुरु गरिन् र त्यसैलाई सम्हालेर बसिन् । अहिले उनी ब्यापारमा समय दिन्नन् ।
मार्गरेटका अनुसार उनले २ सय युवासँग डेटिङ गरिसकेकी छन् । उनलाई कतिपय युवाहरुले देशभित्र मात्र होइन, विदेश समेत घुमाएका छन् । एक युवासँग उनी २ वर्षसँगै पनि बसिन् । उसले धेरै माया पनि गर्थो रे । तर जीवनभरी बस्ने बाचा चाहिं उसले गर्न सकेन । त्यसैले त्यस जवानलाई उनले माया मारिन् ।
नाती–नातिना, पनाती–पनातिनी समेत भएकी मार्गरेट किन युवाहरुसँग डेटिङ गरिहेकी छन् त ? भन्छिन् – म घर बसाउन चाहान्छु ।
एजेन्सीको सहयोगमा ।


































