यहाँ आफै सर्छन् ढुङ्गा, नासाले सुल्झाउन नसकेको रहस्य

डेथ भ्याली पूर्वी क्यालिफोर्नियामा रहेको एक मरुभुमी हो । यो उत्तरी अमेरिकाको सबैभन्दा गर्मी, सुख्खा र विचित्र स्थान हो । क्यालिफोर्नियाको डेथ भ्यालीको संरचना र तापक्रमले भू–वैज्ञानिकलाई सधैं अचम्मित पारिरहेको छ । अझै योभन्दा बढि अचम्मको कुरा के छ भने यहाँका ढुङ्गा आफ्सेआफ सर्छन् ।यी ढुङ्गालाई ‘सेलिंग स्टोन्स’ को नामले पनि परिचित छन् । यहाँको रेसट्र्याक क्षेत्रमा २३० किलोग्रामसम्मका ढुङ्गाहरुले आफ्नो स्थान परिवर्तन गरिरहेको देख्न सकिन्छ ।

क्यालिफोर्नियाको डेथ भ्यालीमा केहि ढुङ्गा आफै सर्नु नासाका लागि पनि एक रहस्य बनेको छ । रेसट्र्याक प्लाया २.५ मिल उत्तरदेखि दक्षिण र १.२५ मील पूर्वबाट पश्चिमसम्म पूरै मैदान छ । तर यहाँ छरिएका पत्थर आफै सरिरहन्छन् । यहाँ यस्ता १५० भन्दा बढि पत्थर छन् । यद्यपी, कसैले यी ढुङ्गाहरुलाई आफ्नो आँखाले सरेको नै भने देखेको छैन ।

चिसो मौसममा यी ढुङ्गाहरु २५० मिटरभन्दा टाढासम्म सर्छन् । सन् १९७२ मा यसको रहस्योद्घाटन गर्नका लागि वैज्ञानिकहरुको एक समूह बनाइयो । उक्त समूहले ती ढुङ्गाहरुको समूहलाई नामाकरण गरेर त्यसमाथि सात वर्षसम्म अध्ययन गर्यो । केरिन नामका लगभग ३१७ किलोग्रामको ढुङ्गा अध्ययनको क्रममा अलिकती पनि सरेन । तर जब वैज्ञानिक केहि वर्षपछि त्यहाँ फर्किए तब उनीहरुले केरिनलाई १ किलोमिटर टाढा पाए । अब वैज्ञानिकले यसो हुनुको पछाडि त्यहाँ चल्ने तेज हावा बताउन थालेका छन् ।

अन्य वैज्ञानिकहरुले यी ढुङ्गाका यी अद्भुत गतिविधिका पछाडि मौसमको विशेष स्थिती हुनसक्ने आशंका व्यक्त गरेका छन् । यसबारे गरिएको अनुसन्धानका अनुसार मरुभुमीमा ९० मिल प्रति घण्टाको गतीमा चल्ने हावाले राती जम्ने बरफ र सतहमाथिको गिलो माटोको पत्रले गर्दा ढुङ्गा सर्ने गरेको हो ।

बिना कुनै हलचल वा बल प्रयोग नगरिकनै ढुङ्गा सर्ने यो घटना सन् १९०० को दशकदेखि रहस्य बन्दै आएको छ । केही मानिसहरुले यसको कारण परलौकिक शक्ति बताउँछन् । अमेरिकी स्पेस एजेन्सी नासाले यो रहस्यको पोयो खोल्नका लागि अनुसन्धान गरिसकेको छ ।

हुन त यो विषयमा विभिन्न वैज्ञानिकले आ–आफ्ना धारणा व्यक्त गरेका छन् तर यसबारे सटिक निष्कर्ष कसैले पनि निकाल्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here