दुध एउटा यस्तो चीज हो जो हरेक घरमा प्रयोग हुन्छ तर दुधमा मिसावट हुने भएकाले सबैजना यसमा निश्चिन्त हुन सक्दैनन् । यस्तो अवस्थामा सबैलाई शुद्ध दुघ उपलब्ध गराउनका लागि एक महिलाले निकै अचम्मको तरिका अपनाएकी छिन् जो निकै चर्चित भइरहेको छ ।
चीनको बेइजिङमा बस्ने महिला अहिले ‘सेक्सी मिल्क सिस्टर’ को नामले चर्चित भइसकेकी छिन् । सेक्सी मिल्क सिस्टरले सडकमा आफ्नो गाईको ताजा दुध दुहेर मानिसहरुलाई बिक्रि गर्छिन् ।
बेइजिङको चाओयाङ जिल्लाको सडकमा यी महिलाले आफ्नो गाई र बाख्रालाई सडकको किनारामा राखेर दुध दुहुन्छिन् र मानिसहरुलाई ताजा दुध बिक्रि गर्ने गर्दछन् । उनले प्रत्यक्षदर्शीलाई पनि गाई दुहुने अनुभव बटुल्न सहयोग गर्ने नेटइजले बताएको छ ।




































