थाइल्याण्डमा सबैलाई चकित पारिदिने एउटा घटना सार्वजनिक भएको छ ।४८ वर्षीया कोर्नचारुन रोइक्चाईको घरको वासिङ मेसिनमा १२ फिट लामो अजिंगर भेटिएको छ ।उक्त भयानक दृश्यपछि निकै आत्तिएका उनले वन्यजन्तु बचाउने टोलीलाई खबर गरे ।
उक्त टोलीले अजिंगरलाई वासिङ मेसिनबाट सफलतापूर्वक निकाल्नका लागि ३० मिनेटको समय लगाए ।
क्रोन्चारुनले आफ्नो लागि यो घटना निकै त्रासदिपूर्ण रहेको बताए । उनी भन्छन्, ‘वासिङ मेसिन ब्रिगिएकोले धेरै समयदेखि प्रयोगहिन थियो । यसमा यस्तो होला भन्ने मैले कहिले सोचेको पनि थिइनँ ।’
‘मैले ढोका खोल्नेबित्तिकै मलाई हृदयघात होला भन्ने भयो । अजिंगरको मुखभित्रको गुलाबी भाग मात्र मैले सम्झिएँ ।’

































